सुनासको १५औ साधारण सभा सम्पन्न

पोखरा । ट्रान्सपरेन्सी ईण्टरनेशनल नेपालको सहयोगी संस्था “सुशासनका लागि नागरिक समाज सुनास को १५औ साधारण सभा शनिबार सम्पन्न भयो ।
साधारण सभामा भ्रट्राचार बिरूद्द र सुशासनको पक्षमा क्रियाशिल सो संस्थाका सहभागीहरूले सुनासले समाजमा भ्रष्टाचार बिरोधि अभियान चलाउन आग्रह गरे । सुनासले यस क्षत्रको भ्रष्ट्राचार बिरूद्व काम गर्ने अगुवाई संस्था बन्नु पर्ने कुरामा जोड दिए ।
सभाको उदघाटन गर्दै ट्रान्सपरेन्सी नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले मुलुकमा वड्दो भ्रष्टाचार र अनियमितता रोक्न नागरिक हस्तक्षेपको आबस्यकता औल्याउनुभयो ।
सुनास कास्कीका अध्यक्ष रबीन्द्रनाथ बॅास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूर्व अध्यक्ष द्वय सुरेन्द्र थापा मगर र पु्ण्य पौडेलले सुशासन कायम गर्न सबै क्षेत्रलाई घच्घच्याउन आग्रह गर्नुभयो ।
सभामा सचिव बिष्णु अधिकारिले पेश गर्नुभएको बार्षिक प्रतिबेदन र विश्वमोहन अधिकारिले पेश गर्नुभएको कोषोध्यक्षको प्रतिबेदन पारित गरिएको थियो । कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक हुनुभएका संस्थाका कोषाध्यक्ष विश्वमोहन अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सन्चालन सचिव बिष्णु अधिकारिले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष श्यामनाथ कुवॅरले गर्नुभएको थियो ।

Facebook Comments Box