सिटिजन्स बैंकको ३ वर्षे रणनीतिले २ वर्षभित्र टप टेनमा पर्ने

कोरोना भाइरसले सबैलाई तर्साएको बेला अध्यक्षमा राजनसिंह भण्डारी र प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई विभिन्न सूचकहरुमा राम्रो प्रगति हासिल गरि ढिलोमा २ वर्षभित्र हरेक सूचकका आधारमा टप टेन बैंकमा पर्ने रणनीति गरेको छ ।

बैंकका डेपुटी सीइओ बोधराज देवकोटा र प्रवक्त उमङ्ग शर्माले मंगलबार पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै प्रगतिको फहरिस्त सुनाए ।
‘हामीले लिएको रणनीति र कार्ययोजना अनुसार अघिबढ्दा बैंकका अधिकांश सूचकहरुमा सकरात्मक प्रगति हासिल भएको छ ।’


कोरोना कहरकैबीच बैंकले आफ्नो ३ वर्षे रणनीति पारित भइसकेको देवकोटाले सुनाए ।
बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई मर्जर तथा एक्वायर गर्ने रणनीति बनाएको छ । सहयोगी विकास बैंकसहित केही संस्थालाई एक्वायर गरिसकेको बैंक तिनाउ मिशन विकास बैंक एक्वायर गर्ने अन्तिम चरणमा छ । वार्षिक साधारणसभाले त्यसलाई अनुमोदन गरिसकेकाले फागुनभित्रै एकीकृत कारोबार गर्न लागिएको छ ।


बैंकको अर्को, रणनीति वैदेशिक साझेदार भित्र्याउने भएको र हालै सम्पन्न विशेष साधारणसभाले यो विषयलाई पनि पारित गरिसकेको उनले जानकारी दिए ।
बैंककी प्रवक्ता उमङ्ग शर्माले भनिन्,‘यो अफ्ठ्यारोको परिस्थितिका बाबजुत पनि यो सफलता हासिल गर्नु हाम्रा लागि गर्वको विषय हो,’

Facebook Comments