साउदी अरबको ‘द लाइन’ शहर, सडक र कार बिहिन

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सडक र कार नभएको शहर निर्माण गर्ने योजना प्रस्तुत गरेका छन् ।
द लाइन नाम रहेको यो शहर १७० किलोमिटर क्षेत्रमा फैलिएको छ । यो निओम प्रोजेक्टको एक हिस्सा हो । साउदी अरबले निओम प्रोजेक्टमा ५०० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।
तेलमाथिको निर्भरता अन्त्य गर्दै नवप्रवर्तनको दिशामा अघि बढ्ने कोशिश गरिरहेको साउदी अरबले काररहित शहरको निर्माण गर्न चाहेको हो ।
अब बन्ने शहरमा कार्बन उत्सर्जन नहुने साउदी अरबको भनाइ छ । यसमा मानिसहरू पैदलै हिँड्ने र प्रकृति संरक्षण गर्ने साउदी सरकारले विज्ञप्ति जारी गरेर बताएको छ ।
नयाँ शहरमा लगभग १० लाख मानिस बस्नेछन् । सन् २०३० सम्म तीन लाख ८० हजार रोजगारी पनि यसबाट उत्पन्न हुनेछ । शहरका आधारभूत संरचना निर्माणमा लगभग २०० अर्ब डलर खर्च हुने बताइएको छ । एजेन्सी

Facebook Comments