सरिता तिम्सिना पगेनीको अध्यक्षतामा रुपाकोट पोखरा सम्पर्क मञ्चको नयाँ कार्यसमिति गठन


पोखरा । रुपाकोट पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न आठौं अधिबेशन तथा सोह्रौं साधारणसभाले सरिता तिम्सिना पगेनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शेर अलि मियाँ ,सचिवमा हिरामणि अधिकारी ,कोषाध्यक्षमा कृष्ण बहादुर खड्का र सहसचिवमा अजिम मिया चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुस्मा आचार्य,टिक बहादुर गुरुङ ,रिषि विक,सोम बहादुर गुरुङ ,होम बहादुर गुरुङ र राम बहादुर खड्का चयन भए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ विकास समितिका संयोजक दिपक कोईरालाले नेपाल जस्तो विकासोन्मुख देशमा जनप्रतिनिधिले मात्रै चाहेर विकास नहुने भन्दै उहाँले आवश्यकताको आधारमा नीति तथा कार्यक्रम वनाउने सिस्टमको विकास हुनु पर्नेमा जोड दिनु भएको थियो ।

संविधानसभा सदस्य कृष्ण बहादुर गुरुङले उत्पादन विना मुलुकको अर्थतन्त्र वलियो नहुने भन्दै गाउँमा उत्पादनमुलक कार्यक्रमहरु लैजानु पर्ने वताउनु भयो ।
रुपाकोट पोखरा सम्पर्क मंचका अध्यक्ष तील बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मंचका पुर्व अध्यक्ष हरि बहादुर खड्का ,रुपा तमु समाजका अध्यक्ष बलराम गुरुङ ,सिद्दार्थ तमु समाजका अध्यक्ष गेस बहादुर गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिवको प्रतिबेदन संस्थाका सह सचिव सरिता तिम्सिना पगेनीले गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिबेदन कृष्ण बहादुर खड्काले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका सचिव सुस्मा आचार्यले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष शेर अली मियाले गर्नु भएको थियो ।

Facebook Comments Box