सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लपको खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’वार्ता समितिको संयोजक

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिएको बताए । गुरुङले मंगलबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन गरेर वार्ता समिति गठन गरिएको जानकारी दिएका हुन् ।
सरकारी वार्ता समिति घोषणा भएलगत्तै भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि वार्ता समिति बनाइएको जानकारी दिएका छन् । उनले प्रेस वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य प्रेम चलाउने ‘दिपक’ सदस्य रहेको समिति बनाइएको उल्लेख गरेका छन् ।
नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकालले कुनै पनि सङ्घर्षरत समूहसँग सरकारले वार्ता गर्नका लागि सरकारको वरिष्ठ मन्त्री (गृहमन्त्री) र प्रधानमन्त्रीको सल्लाकारलाई खटाउन पहल गर्नु र सङ्घर्षरत टोली (विप्लव)बाट पनि पुरानो मन्त्री वार्ता टोलीमा हुनु स्वागतयोग्य भएको बताए।
“अहिले विप्लवप्रति पनि प्रहरीको ध्यान छ, सरकारको स्रोत साधनको प्रयोग त्यसतर्फ छ,” पूर्वडीआईजी मल्लले भने, “वार्ता सकारात्मक भए त त्यसतर्फ प्रहरी र सरकारको स्रोत साधन खर्चिँदैन र शान्ति सुरक्षाको अन्य पाटोमा सरकारको ध्यान जान्छ।”

Facebook Comments Box