समता कला कार्यशालाको ६० औं शृङ्खला सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६० औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखराको हिल पोइन्ट बोर्डिङ स्कुलको हलमा सम्पन्न भयो ।
‘रिमाइन्ड आर्ट वोर्कसप’ नाम दिइएको उक्त कार्यशालामा कला निर्माण पछि प्रज्ञा परिषद सदस्य तथा प्ररम्परागत सिल्पकला बिभाग प्रमुख प्राज्ञ बु्िद्घ गुरुङ्गले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई पानी रङको सहरका रुपमा चिनिएको बताउनु भयो । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताउनु भयो ।

संस्थाका सल्लाहकार तथा वरिष्ठ कलाकार रमेश श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउन पर्ने बताउनु भयो । उहाँले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गर्नु भयो । कला कार्यशालामा वरिष्ठ कलाकार यादबचन्द्र भुर्तेल, बुद्धि गुरुङ, हरेराम जोजीजु, महेन्द्र प्रसाद राजभण्डारी, मिलन शेरचन, विश्व श्रेष्ठ, एस कुमार श्रेष्ठ, विश्वराज पराजुली, थमन सिंह सुनार, महादेव शाही, दल बहादुर गुरुङ, झबिन्द्र गुरुङ, कमल गुरुङ, युवराज लामीछाने, मनोज तामाङ, गोपाल दराइ, नबील थापा मगर, स्नेहा गिरी, अर्जुन राइ, विशाल गुरुङ, एलोन तामाङ, सुहानी आले लगायतका कलाकारले पानी रङ, होनानो ओसिआना र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए ।
परिवारका अध्यक्ष मोती भुजेलको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन कला संयोजक हेमकान्ती गुरुङले गर्नु भएको थियो ।

Facebook Comments Box