सन् २०२० अमेरिकी अर्थतन्त्रको सबै भन्दा खराब बर्ष

वाशिङ्टन :- अमेरिकी सरकारी तथ्याङ्कले कोभिड(१९ महामारीका कारण गत वर्ष अमेरिकी अर्थतन्त्रले निकै खराब अवस्था सामना गर्नुपरेको छ । बिहीबार सार्वजनिक तथ्याङ्कले सन् २०२० मा अमेरिकी अर्थतन्त्रमा व्यापक सङ्कुचन आउँदा आर्थिक वृछि दर ३.५ प्रतिशत कायम भएको छ ।

अमेरिकी वाणिज्य विभागले सन् १९४६ पछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको यो सबैभन्दा ठूलो सङ्कुचन भएकोे जानकारी गराएको हो ।

उक्त संकुचनले अमेरिकी खर्च र आर्थिक गिरावटलाई पनि प्रतिबिम्बित गरेको र निर्यात, निजी अनुसन्धानमुलक लगानी, गैरराष्ट्रिय स्थिर लगानी, र राज्य र स्थानीय सरकारको खर्च र स्थायी आवासीय लगानीमा वृद्धि भएको पुष्टि गरेको छ । गत वर्षको कूल निर्यातमा १३ प्रतिशतको गिरावट आएको छ भने व्यक्तिगत उपभोग्य खर्च ३.९ प्रतिशतमा झरेको छ ।

चौथो त्रैमासिकमा मात्र अमेरिकी कूल गार्हस्थ उत्पादनमा ४.० प्रतिशतले वृद्धि भएको अन्तिम तीन महिनाको पहिलो प्रक्षेपणमा उल्लेख छ ।

जुलाई-सेप्टेम्बरको अवधिको तुलनामा अन्य धेरै देशहरूमा महामारी नियन्त्रणका लागि अपनाइएको उपायका कारण चौथो त्रैमासिकमा अमेरिकी कूल गार्हस्थ उत्पादन वृद्धि केवल १.० प्रतिशत कायम रहेको प्रतिवेदनमा जनाइएको छ ।

अप्रिल-जुन महिनाको अवधिमा ९.० प्रतिशतले गिरावट आएपनि तेस्रो त्रैमासिकमा अर्थतन्त्रमा देखिएको सुधारसँगै वृद्धिदर ७.५ प्रतिशत कायम भएको थियो । (एएफपी)

Facebook Comments