सन्तानको दबाबमा हरिबंश जस्तै गायिका अन्जु पन्तले पुन विवाह गर्ने

सन्तानकाे ईच्छाले भनेर हास्य कलाकार हरिबक्श आचार्यले विवाह गरेको लामाे समय पछि त्यसरी नै नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै छाेरीकाे दबाबमा विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः विवाह गर्न लागेकी हुन् । अञ्जु कोइराला थरका एक युवासंग विवाहको तयारीमा छिन् । आफ्नो रहर भन्दा पनि छोरी परितोशिकाको दवावले विवाह गर्न लागेकी हुन् । अञ्जुकी छोरी परितोशिकाले आमाकै एक गीतको भिडियोमा मोडलिङ गरेकी छन् । बुढेसकालमा एक्लो जीवन बिताउन साहै गाह्राे हुने भन्दै माेडल रिताेशिकाले आमा पन्तलाई मनायकाे नगेन न्यूज डटकमलाई जानकारी प्राप्त भएको छ ।

Facebook Comments Box