संचारकर्मी संन्तोष पराजुलीको “तिमी बिना क्यारमतनी” सार्वजनिक (भिडियो सहित)

पोखरा । गत बर्ष घिरौला आतंक नामक कबितालाई भिडियो मार्फत आकर्षक तरिकाले प्रस्तुत गरेर चर्चा कमाएका संचारकर्मी संन्तोष पराजुलीको “तिमीबिना क्यारमतनी” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न धमाधम नेपाली गितहरू सार्वजनिक भईरहेको अबस्थामा यस गितले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछ ।

यस गितमा गायक स्वयको शब्द संगित रहेको छ भने संगित संयोजन रोम तामाङले गरेका हुन् । गितको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । पछिल्लो क्रममा लोकप्रिय बन्दै गईरहेकी कलाकार सरिता दानकुटीको नित्य निर्देशनमा तयार गरिएको भिडियोमा टिकटमा लाखौं फलोवर्स कमाएका कलाकार शिब बिश्वकर्मा र समीर परियारको अभिनय र उत्कृष्ट नित्य हेर्न सकिन्छ ।

पोखराको पयटकिय स्थलहरूमा आकर्षक ढङ्गबाट छायांकन गरिएको यस भिडियो राम बास्तोलाले खिचेका हुन् भने सम्पाद पनि उनकै रहेका छ । राम बास्तोला र बज्रराज अधिकारीको संयुक्त निर्देशनमा तयार गरिएको यस गितको भिडियो “Random Creation” नामक Youtube Channel मा हेर्न सकिन्छ ।

Facebook Comments Box