संगम सहकारीमा सम्मान

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड , पोखरा १५ ले सहकारी अन्तर्गतका बिबिध बिधामा सर्वोत्कृष्ट भएका सहकारीकर्मीहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा दीर्घकालीन बचत तर्फ कृष्ण प्रसाद ढकाल , जेष्ठ सदस्य बचत तर्फ मन कुमारी सुनार , दैनिक बचत तर्फ अर्जुन कार्की ,बाल बचत तर्फ क्रीस्पी बराल र ऋण बिधातर्फ आशा गुरुङ तथा सुझावकर्ता तर्फ तिलक थापा रहेका छन् । यसैगरी उत्कृष्ट संचालकमा नवराज तिवारी , उत्कृष्ट उपसमिति सदस्यमा सुन्दर गुरुङ र उत्कृष्ट कर्मचारीमा अमृत बि क सम्मानित भएका छन् ।
२०७८ बैशाख १ देखि ४ गतेसम्म भएको सहकारी भ्रमण सम्बन्धि भिडियो प्रतियोगितामा सहभागी भएका मध्ये सरस्वती अधिकारीलाई नगद ३५३५ रुपैयाँ सहित प्रथम पुरस्कार र ऋषि देवी पौडेललाई २०२५ रुपैयाँ सहित द्धितिय पुरस्कार प्रदान गरिनुका साथै साँकृतिक बिधातर्फ पुस्पा गिरी र नगेन सिंह पुरस्कृत भएका थिए । भिडियो प्रतियोगिताको नगद पुरस्कार सेयर सदस्यहरु प्रीतम सेन र नगेन सिंहले प्रायोजन गरेका थिए ।
कार्यक्रममा सम्मानित सबैलाई बधाई दिदै अध्यक्ष निरज थापाले सहकारीको बिकासका लागि आगामी दिनमा पनि सबैको साथ र सहयोग निरन्तर पाइरहने बिश्वास व्यक्त गर्नुभयोे । साथै सेवाग्राहीलाई समय सापेक्ष स्मार्ट सेवा दिन स्मार्ट कर्मचारी बन्न जरुरी हुने तर्फ पनि औलाउनुभयो ।
बिश्व कलायात्री प्राज्ञ नगेन सिंहले ढुङ्गा बाट देवीदेवता बनेको कथा सुनाउदै संचालक र कर्मचारीमा पनि त्यो गुण हुनुपर्ने बताउनुभयो ।
यसैगरी सम्मानित ब्यक्तिहरुको तर्फबाट बोल्दै सरस्वती अधिकारीले कालिन्चोक भगवती देवीसँग सहकारीको लागि मागेको आशीर्वाद प्राप्त हुदै आएको र भ्रमणमा सिकेका ज्ञानलाई संस्थामा आइ पोख्नु सबैको कर्तव्य भएको बताउनुभयो ।


कार्यक्रममा नवराज तिवारी , धनराज पुरी , बिष्णु कुमारी थापा , बृहस्पति अधिकारी , तिलक थापा , अमृत बि क लगायतले बोलेका थिए ।

Facebook Comments Box