लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा तिमिल्सिना र अधिकारी

पोखरा । गण्डकी प्रदेश सरकार कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको लोक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिको सदस्यमा कास्कीका दुई जना पत्रकार मनोनयन हुनुभएको छ ।
मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरको निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना पंगेनी र टंकराज अधिकारी मनोनयन हुनु भएको हो ।
साउन १९ गतेको मन्त्रीस्तरको निर्णयले उहाँहरुलाई सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।
तिमिल्सिना नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य साथै पोखरा पोष्ट डटकमकी सम्पादक हुनुहुन्छ भने अधिकारी नेपाल प्रेस युनियनको गण्डकी संयोजक हुनुका साथै नेपाल समाचारपत्रमा आवद्व हुनुहुन्छ ।

Facebook Comments Box