लिटिल गार्डेन मन्टेश्वरी एवं प्रि—स्कुलमा सरस्वति पुजा, विशेष हवन तथा आँखा सिविर कार्यक्रम

पोखरा । शुभ कार्य आरम्भ वा पठनपाठन सुरु सरस्वती पुजाको दिन सुरुवात गर्ने गरिन्छ त्यसरी नै आज पोखरा २७ डाँडाको नाकमा रहेको लिटिल गार्डेन मन्टेश्वरी एवं प्रि—स्कुलमा संस्कार सिकाउन र विद्यार्थीको पठनपाठन राम्रो होस् भनेर सरस्वति पुजा, विशेष हवन तथा आँखा सिविर राखेर कार्यक्रम सम्पन्न गरिएको छ ।


संचालिका ऋतु पौडेलले मन्टेश्वरीले अहिलेको अवस्थामा कोरोनाका कारण धेरै बच्चा तथा अभिभावकहरुको आँखामा केहि समस्या आउन सक्ने भएकोले आँखा सिविर राखिएको र विशेष हवनले बालबालिकामा पठनपाठनमा मन लाग्ने वातावरण पनि स्वच्छ राख्ने बताउनु भयो । आँखा सिविरमा बालबालिका, अभिभावक र अन्य व्यक्ति गरी १५० जनाले आँखा परिक्षण गरेकोमा ९ जना विद्यार्थीहरुलाई आँखा हस्पिटलमा बोलाइएको पौडेलले जानकारी दिनु भयो ।
पौडेलले बालबालिकाका लागि सिकाईको नमूना थलो बनाउने प्रतिवद्धता व्यक्त गर्दै लिटिल गार्डेन मन्टेश्वरीलाई नमुना मन्टेश्वरी बनाउने बताउनु भयोे ।

Facebook Comments Box