लायन्स तालबाराहीद्वारा सरसफाई सहित वृक्षारोपण

पोखरा । लायन्स क्लब तालबाराहीद्वारा पैदलमार्ग कास्कीकोट क्षेत्रमा बृहद सरसफाईसहित वृक्षारोपण गरिएको छ ।

क्लवको नियमित कार्यक्रमअन्तर्गत पोखरा सराङ्गकोट, कास्कीकोट, चापाकोट, पञ्चासे पुम्दी हुदै पोखरा–१७ को ७४ किलोमिटर एरियामा सुरु गरिएको बृहद पैदलमार्ग एरियाको कास्कीकोमा सो कार्यक्रम गरिएको क्लवका अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताउनुभयो । कार्यक्रमको शुभारम्भ गर्दै लायन्स क्लष्टर प्रमुख भिष्मराज पौडेलले लायन्सद्वारा हरेक क्षेत्रमा गरिने हरेक कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो ।

२०० भन्दा बढी विभिन्न जातका फलफूलका बिरुवा रोपण सहित सरसफाई गरिएको थियो । क्लवका अध्यक्ष शिवप्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लवका जोन प्रमुख किशोर सुवेदी, क्षेत्र प्रमुख भरतराज सिग्देल, पूर्व अध्यक्ष नारायण पौडेल, दीपेन्द्र राई, उपाध्यक्ष टिकाराम चपाई, डिल्लिराज सुवेदी, विष्णुहरी सुवेदी लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।

क्लवले पहिलो चरणमा कास्कीकोट, र क्रमशः पैदल मार्ग क्षेत्रको सम्पूर्ण एरियामा वृक्षारोपण, सरसफाई अभियान गरिने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

Facebook Comments Box