लन्डन दूतावास कार्यभार राजदूत लोक दर्शन रेग्मीले समाले

लन्डन, राजदूत लोक दर्शन रेग्मी सोमबार लन्डन दूतावास पुगेर पदबहाली गरेको जानकारी नेपाली दूतावास लन्डनले दिएको छ। राजदूत रेग्मी सोमवार नै लन्डन उत्रिएका हुन्।
राजदूत रेग्मीलाई स्वागत गर्न नेपाली दूतावास लन्डनका कर्मचारी लण्डनको हिथ्रो विमानस्थल पुगेका थिए।
नवनियुक्त राजदूत रेग्मीले बेलायतका लागि नेपालका २१ औं राजदूतको रुपमा पदभार ग्रहण गरेका हुन्। निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यकाल पुरा गरेर नेपाल फर्किएपछि उनको ठाउँमा नियुक्त भएका रेग्मीले कार्यभार सम्हालेका हुन्।
यसअघि नेपाल सरकारको मुख्य सचिवबाट राजीनामा गरेका रेग्मी बेलायतको राजदूतमा सिफारिस भएका हुन् ।

Facebook Comments Box