राष्ट्रपति विरुद्ध भएका अपमानजनक अभिव्यक्ति विरुद्ध अनेमसंघ कास्कीको ज्ञापन पत्र

पोखरा । अखिल नेपाल महिला संघ कास्की जिल्ला समितिले विगत केही दिनदेखि यता सार्वजनिक कार्यक्रम, भेला, जुलुस नारा एवं विद्युतीय सार्वजनिक माध्यमद्वारा राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध अत्यन्त अपमानजनक, आपत्तिजनक अभिव्यक्ति तथा व्यक्तिगत लाञ्छना लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल नेपाल महिला संघ कास्कीका कार्यवाहक अध्यक्ष सुशीला पराजुलीको हस्ताक्षरमा कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रेषित ज्ञापन पत्रमा रामकुमारी झाक्रीले गोरखा लगायत देशका विभिन्न स्थानमा भएका सभा सम्मेलनमा राष्ट्रपति प्रति दिइएको खेदजनक, अपमानजनक अभिव्यक्तिप्रति घोर भत्र्सना गर्दै यथाशीघ्र कानुनी दायरामा ल्याई कारवादी गर्न जोडदार माग गरिएको छ ।
ज्ञापनपत्रमा सार्वजनि स्थल, सडकमा लगाइएका नाराहरु राष्ट्रपति र राष्ट्रको सर्वोच्च संस्थाप्रति गैरजिम्मेवार अमर्यादित र आपत्तिजनक शब्दहरुको प्रयोग गरिएकोमा घोर भत्र्सना गर्दै समाजका सम्पूर्ण कुरीत, कुसंस्का, विकृति, विसंगति विरुद्ध लड्दै महिलाहरुको सम्मानपूर्ण जीवनयापन गर्न पाउनुपर्ने सदियौदेखिको महिला आन्दोलनले स्थापित गरेको मूल्य मान्यता विरुद्ध भएको न्यूनस्तरको अपमानजनक व्यवहारप्रति खेद प्रकट गर्दै उक्त कार्यक्रमको नेतृत्व गरिरहनुभएका सम्पूर्ण नेताहरुप्रति जवाफदेही हुनका निम्ति जोडदार माग गरेको छ ।
विरोधको नाममा यस्ता अपमानजनक, आपत्तिजनक गाली गलोज र उच्छृंखल गतिविधि तत्काल रोक्न र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याई यथाशीघ्र कारवाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरु समक्ष माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउन कास्कीका अनेमसंघ सम्बद्ध केन्द्रीय, महानगर, जिल्ला लगायत प्रदेश समितिका महिला र जनप्रतिनिधि महिलाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box