राप्रपा गण्डकी प्रदेशको विशेष बैठक सम्पन्न , गण्डकी प्रदेशको अधिवेशन कार्तिक २८ गते हुने, विभिन्न उपसमितिहरु गठन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्तिक २८ गते पोखरामा हुने भएको छ ।

   शुक्रबार बसेको प्रदेशको विशेष बैठकले उक्त निर्णय गरेको छ । बैठकमा ११ जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

   बैठकले विभिन्न उपसमिति समिति गठन तथा संयोजक तथा सदस्यहरु समेत चयन गरेको छ । जस अन्तर्गत निर्वाचन परिचालन उपसमिति संयोजकमा केन्द्रीय सदस्य बरुणबिक्रम राणा सदस्यसचिव तिर्थराज सुवेदी, सदस्यमा पर्वत माला केसी, भोलाजंग सुवेदी, हरिप्रसाद बराल, जनपरिचालन उपसमिति संयोजक जयलाल पुन, सहसंयोजक कुल बहादुर गुरुङ कुलु, प्रचारप्रसार उपसमिति संयोजक सूर्य बास्तोला, सदस्य सचिव हरिप्रसाद बराल, गणेश ढकाल, विष्णु कार्की, सुवर्णराज पन्त, प्रकाश सापकोटा, बद्रीराज गौतम, सुरेश सिल्पकार, राजु पौडेल, आर्थिक उपसमिति संयोजक पन्चराम गुरुङ, सदस्य जयलाल पुन, शिवप्रसाद चालिसे, शिवकुमार बास्तोला, नारायण गरुङ, कृपा पौडेल, शिव पौडेल रहेका छन् ।

   त्यसैगरी भोजन व्यवस्थापन उपसमिति संयोजक नारायण गुरुङ, सदस्यमा सिता खड्का, डा.महेन्द्र बहादुर कार्की, भोलाजंग सुवेदी, गंगाबहादुर थापा, स्वागत तथा मंच व्यवस्थापन उपसमितिमा संयोजक कृपा पौडेल, सदस्यमा चन्द्रदेवी पन्त, इश्वरी चापागाइँ, कृष्णकुमारी सुवेदी, ननश्री गुरुङ, स्वयंसेवक उपसमिति संयोजक विजय भण्डारी, सदस्यमा मनिष के.सी, मिनबहादुर थापा, सतिश गुरुङ, सन्तोष गुरुङ, सपनम भुजेल रहेका छन् ।

   बैठकमा पार्टीका विभिन्न तह र तप्कामा रहेका नेताहरुले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो । बैठकले ७५ वर्ष माथिका नेता तथा कार्यकर्तालाई सम्मान समेत गर्ने निर्णय गरेको छ ।

   प्रदेश अध्यक्ष हेमजंग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकको संचालन प्रदेश सचिव बरुण बिक्रम राणाले गर्नुभएको थियो । राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाण्डौमा हुने प्रचारप्रसाद संयोजक तथा मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो । 
Facebook Comments Box