युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था वनाउने अध्यक्ष सिग्देलको भनाई


पोखरा । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनमा युनियनको नेतृत्वमा पत्रकार महासंघलाई सबै पत्रकारको साझा संस्था वनाउने गरि अगि बढ्ने वताउनु भएको छ ।

आईतबार पोखरामा प्रेस युनियन कास्कीले नेपाल पत्रकार महासंघको आशन्न निर्वाचनका सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले महासंघलाई सबै विचारमा आस्था राख्ने पत्रकारको साझा संस्था वनाउने गरि युनियनले नेतृत्व लिने जानकारी गराउनु भयो ।

युनियनका उपाध्यक्ष रमेश पौडेलले विगतका निर्वाचनवाट पाठ सिक्दै संगठनलाई धोका नहुने गरि सहकार्य गरिने वताउनु भयो ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासंघमा कसैबाट लिने गरी नभई आफूहरुले दिने गरी अन्य संगठनसँग सहकार्य गर्न सकिने वताउनु भयो ।

युनियन कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गर्नु भयो ।

कार्यक्रमा युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली , प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बाँस्तोला ,युनियन कास्की अध्यक्ष नवीन सिग्देल केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, दिलीप पौडेल, दिलीपाश्री अधिकारी, सल्लाहकार शिरोमणि बराल, तारा पाखे, डा. बलराम उपाध्याय रेग्मी, पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारी, पत्रकार कमल पौडेल, हिमनिधि लौडारी, माधव रेग्मी, वासुदेव पौडेल, वेदनिधि तिमिल्सिना, कांग्रेसका सञ्चार विभाग सदस्य कृष्ण थापा, युनियनका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, जिल्ला सचिव प्रदीप पौडेल, पत्रकार उत्तम पौडेलले युनियनलाई एकताबद्ध बनाएर लौजान नेतृत्वलाई सुझाव दिएका छन् ।

Facebook Comments