युआरएल पोखरामा टेक्रोलिमस जाँच सुरु

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले राजधानीबाहिर पहिलो पटक टेक्रोलिसम जाँच सुरु गरेको छ । पोखरामा आइतबारबाट सुरु भयो ।

कास्कीको पोखरा न्युरोडमा रहेको कार्यालयमा पत्रकार राजबहादुर गुरुङको टेक्रोलिमस जाँच गरी सेवा सुरुआत गरिएको हो । टेक्रोलिमस अंग प्रत्यारोपण गरेकाहरुले खाने औषधीको नाम हो । बेला बेलामा यो औषधीको रगतमा भएको मात्रा जाँच गरी चिकित्सकले औषधी निर्धारण गदर्छन् ।
सो अवसरमा पत्रकार गुरुङले यही जाँचका लागि राजधानी पुग्नुपर्ने वा पोखराबाट पठाउँदा रिपोर्ट आउन ३, ४ दिन लाग्ने र तापक्रम लगायतका कारणले रिपोर्ट नै तलमाथि हुन सक्ने जोखिम रहेको जनाउँदै युआरएलले गुणस्तरीय सेवासहित सामाजिक उत्तरदायित्व वहन गर्दै आएको बताउनु भयो । उहाँले डाक्टरहरु यही भए पनि यही जाँचका लागि राजधानी जानुपर्ने वाध्यता रहेको र यस्ता जाँच पोखरामै उपलब्ध हुँदा खर्च र झन्झट कम हुने र रिपोर्ट पनि गुणस्तरीय हुने बताउनु भयो ।
युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले विभिन्न अंग प्रत्यारोपण गरेकाहरुले पोखरामै जाँच गरी सेवा लिन सक्ने बताउनु भयो । युआरएलले आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ पटक यो जाँच गर्ने र आकस्मिक अवस्थामा जुनसुकै दिन पनि सेवा दिइने सिइओ पाण्डेयले जानकारी दिनुभयो ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले सेवाग्राही र चिकित्सकको सुझावमा यो जाँच सुरु गरिएको बताउनु भयो । विश्वकै सर्वोत्कृष्ट प्रविधिमार्फत् संवेदनशील, यहाँ नहुने र विशेष प्रकारका रगत जाँच गरी स्वास्थ्य प्रयोगशाला क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने अध्यक्ष पन्तको भनाइ छ ।

Facebook Comments Box