“यातायात व्यवसायीहरुद्धारा मन्त्री दिपक मनाङ्गेसंग अन्तक्रिया” वसपार्क लगाएत चोकहरुमा ५ मिनेट गाडीहरु रोक्न पाउने

पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ उर्फ दिपक मनाङ्गेसँग फाईन आर्टस् यातायात प्रा.लि.का संचालक, पदाधिकारीहरुले आइतबार अन्तक्रिया गरेका छन् ।
नवनियुक्त गण्डकी प्रदेश सरकारका मन्त्री गुरूङले आँफुले पनि पहिले बस तथा ट्याक्सी व्यवसाय सञ्चालन गरेको तर पछि बाध्यताले छोड्न परेको बताउदै यातायात व्यवसायमा लाग्ने युवाहरुलाई हरेक क्षण आफ्नो साथ र सहयोग रहने वताउनु भएको थियो ।
शान्ति पर्यटन र कला प्रवद्र्धनको लागि संचालित फाईन आर्टस् यातायात प्रा.लि.का अध्यक्ष ज्योति हमालले पोखरामा स्थापित भएका यातायात व्यवसायीहरु संग प्रतिस्पर्धा गर्न चुनौती रहेको वताउँदै अन्य यातायात व्यवसायीका सवारी साधनहरुलाई पनि वसपार्क लगाएत मुख्य चोकहरुमा ५ मिनेट मात्रै पनि गाडीहरु रोक्न पाउने व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो ।


साथै उनले विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्य कोषबाट बार्षिक करोडौँ रुपैँया बाहिरिने भएकोले खादाको प्रयोग बिना पनि बधाई तथा शुभकामना गर्न सकिने भएकोले वधाई दिन आउँदा खादा नलिई आएको पनि वताउनु भएको थियो।


जय कला क्रान्तिको लोगोको अर्थ प्रष्ट पार्दै फाईन आर्टस् यातायात प्रा.लि.का संरक्षक विश्वकला यात्री प्राज्ञ नगेन सिंहले विश्वमा शान्ति ल्याउनका लागि अगाडि बढेको जानकारी दिनुभयो ।
हाल प्रालिले नेपालभित्र पोखरादेखि काठमाण्डौ, सुनौली, दाङ, धरान र भारतको दिल्लीसम्म गाडिहरु संचालन गर्दै आएको छ ।
फाईन आर्टस् यातायात प्रा.लि.का महासचिव नवीन थापा, व्यवस्थापक खुमबहादुर भुजेल, ईन्चार्ज अर्जुन गुरुङ्गलगाएतले युवा व्यवसयीहरुलाई साथ सहयोग हुने नीति तथा कार्यक्रम ल्याउन मन्त्रि मनाङ्गेलाई आग्रह गरेका थिए ।

Facebook Comments Box