म्याग्दी घारका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक

पोखरा । प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक गरिएको छ ।
घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामाआयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरेका हुन् ।
समाजले देश तथा विदेशका विभिन्न सहयोगदाताहरुबाट पाँच लाख ५८ हजार ८७९ रुपैयाँ खड्काको उपचारार्थ संकलन गरेको युवा समाजसेवी राजाराम बरुवालले जानकारी दिनु भयो ।
प्यानक्रियाजको समस्याका कारण पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत खड्काको उपचारमा हालसम्म पाँच लाख १३हजार ५४० खर्च भएको उपाध्यक्ष बरुवालले जानकारी दिनु भयो । त्यसमा अस्पतालका तर्फबाट एक लाख रुपैयाँ छुट भएको उनले जानकारी दिनु भयो । बाँकी रकम खड्काका परिवारलाईआइतबार नै हस्तान्त्रण गरिएको समाजले जनाएको छ ।
समाजले थालेको शेरबहादुर खड्का उपचारार्थ सहयोग कोषमा घार म्याग्दी–पोखरा समाजबाट ५६ हजार ६० रुपैयाँ, घार समाज जापानबाट एक लाख २५ हजार पाँच सय, घार–खिवाङ म्याग्देली सेवा समाज, दोहाकतारबाट ४१ हजार ११०, कुवेतबाट २७हजार १९३, पोर्चुगलबाट २७ हजार ४७३, अष्ट्रेलियाबाट ५६ हजार ६३० र बाँकीअन्य सहयोगीहरुबाट संकलनगर्न सफलभएको समाजका सचिव विष्णु बरुवालले जानकारी दिनु भयो ।
समाजले घरमा रहेका स्थानियहरुको भरोसाको केन्द्रका रुपमा घर म्याग्दी–पोखरा समाज स्थापित हुन लागेको समाजका उपाध्यक्ष गोकर्ण बरुवालले बताउनु भयो । उहाँले समाज मर्दा र पर्दा चाहिने भन्दै पैसाको अभावमा कोही पनि अकालमा मर्न नपरोस् भन्दै समाजले थालेका राम्रो काममा साथदिन सबैसंग अनुरोध गर्नु भयो ।
उहाँले सो अवसरमा यो अभियानमा देश तथा विदेशबाट सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्दै मातृभूमीप्रतिको उत्तरदायित्वलाई जहाँ गए पनि नभूल्न आग्रह गर्नु भएको थियो ।
साथै सो कार्यक्रममा सबैको सहयोगकाकारण आफ्नो स्वास्थ्यमाक्रमिक सुधार भइरहेको पिडितविरामी शेरबहादुर खड्काले बताए । उनले आफूलाई सहयोग गरेर नयाँजीवनदिनकालागिभइरहेको पहलप्रतिधन्यवादव्यक्त गरेकाथिए ।
कार्यक्रम घारम्याग्दीपोखरा समाजकाउपाध्यक्षगोकर्ण बरुवालको अध्यक्षतामा र घार गाँउकायुवा समाजसेवी राजारामबरुवालको सञ्चालनमा सम्पन्नभएको थियो ।

Facebook Comments Box