मेस्सीले बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक-एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो ।
खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकबाट गोल गरे । यो गोलसँगै मेस्सीले बार्सिलोनाका लागि ६ सय ५० गोल पुरा गरे ।
यो जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलमा ४० अंक जोडेको छ । बिल्बाओ २४ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
एजेन्सी

Facebook Comments Box