मिनिसोको दसैं तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

काठमाडौं । हरेकवर्षजस्तै यस वर्षपनिमिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’अफरल्याएको हो । अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।
यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागु हुनेछ । नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्कीड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिनुभयो ।
तण्डुकारले अफरले मिनिसो प्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास व्यक्त गर्दै मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिनुभयो । लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । मिनिसोको पार्टनरकम्पनीमिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउटफिट्र्स, ब्याग्गिट लगायत अन्य ब्राण्डहरु छन् ।
कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामानमिनिसो शोरुममा उपलब्ध छन् । उच्च स्तरीय जापानीजब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसो प्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताउनुभयो । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

Facebook Comments Box