मानव मिलन संस्था, पोखराको २७ औं स्थापना दिवस

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मानिसले कुनै पनि कार्य गर्दा मन भित्रै बाट ग¥योैँ भने आफूँ सफल भइने बताउनु भएको छ ।
मानव मिलन संस्था, पोखराको २७ औं स्थापना दिवस एवं अन्तर्राष्ट्रिय अहिंसा दिवसको सन्दर्भमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
प्रदेश प्रमूख गूरुङले कूनै पनि कार्य गर्दा सकरात्मक सोचका साथ असल कार्य गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनिजीे महाराजले दिएको प्रबचन हाम्रो जिवनमा लागु गर्ने हो भने हामी कहिल्यै दूःखी हुन नपर्ने र महाराजले दिएको ज्ञान सबैका लागी अमृत समान प्रसाद भएको औंल्याउनू भयो ।
मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजले समाज सेवाको नाममा मानिसले सम्मान खोज्ने गरेकोले समाज विग्रदै गएको बताउनु भयो । समाज सेवा गर्ने मानिसले आफ्नो कर्तव्यको ध्यान राख्नूपर्ने र अधिकार खोज्न नहुने उहाँको भनाइ थियो । हामीले राष्ट्र र समाजको सेवा गर्दा कूनै कूराको आशा र अपेक्षा नराखी ग¥यौँ भने त्यही नै वास्तविक समाज सेवा रहेको उहाँको भनाई थियो ।
सोही अब्सरमा बोल्दै कांग्रेस नेता शुक्रराज शर्माले सानो कुराबाट पनि साधनामा जुट्न सुझाव दिनूभयो । उहाँले डा. मणिभद्र मुनिजी महाराजको कार्यको प्रशंसा गर्दै उहाँको अमृतवाणिको अनुशरण गर्नुपर्ने बताउनू भयो । उहाँले नास्वान नहुने बस्तु प्राप्त गर्ने भनेको भगवान्को सानिध्यता नै भएको धारणा व्यक्त गर्नू भयो ।
मानव मिलन महिला विभागको अन्तर्राष्ट्रिय सचिव सावित्री शर्माले संस्थाले गरेका सेवाका विषयमा प्रकाश पार्नूभयो । साथै उहाँले अन्तर्राष्ट्रिय स्तरबाटै सेवाका कार्य गरेको बताउँदै हाल एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको र निकट भविष्यमै अपांगता भएका व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गर्ने जानकारी गराउनू भयो ।
कार्यक्रममा मानव मिलन संस्था भारत, सोनी पथका सदस्य राकेश जैन, मानव मिलन युवा समितिका केन्द्रीय अध्यक्ष नवराज सुवेदी, मानव मिलन संस्था स्याङ्जाका संस्थापक अध्यक्ष नारायणप्रसाद पौडेल, मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष रामचन्द्र पौडेल, मानव मिलन संस्था लेखनाथका अध्यक्ष प्रेम बराल, स्याङ्जा आरुखर्क–पोखरा सम्पर्क समाजका अध्यक्ष यामप्रसाद पौडेल, मानव मिलन नारी जागरणका निवर्तमान उपाध्यक्ष रमा ढकाल, महिला उद्यमी पार्वती पौडेल रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नूभयो ।
मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजको सानिध्यता एवं मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी प्रथम उपाध्यक्ष कमला शर्मा र कार्यक्रम सञ्चालन सचिव नम्रता बरालले गर्नुभएको थियो।

Facebook Comments Box