महिला हिंसाका विरुद्ध माइतिघर मण्डलामा तीन महिलाको अनसन शुरु

काठमाण्डौं, बढ्दो महिला हिंसाका विरुद्ध महिलाहरुले अनशन शुरु गरेका छन् । ज्योति महिला समूहकी अध्यक्ष चन्द्रकला पौडेलको नेतृत्वमा शनिबारदेखि माइतिघर मण्डलामा तीन जना महिलाले अनसन शुरु गरेका हुन्।
अनशन स्थलमा ‘बलात्कारीलाई फाँसी वा जन्मकैदको समर्थन गरी न्याय दिलाउन हामीलाई साथ् दिनुहुन आग्रह गर्दछौं’, ‘सम्पूणर् महिलाको अस्तित्व रक्षाका लागि अनशन’ लेखिएको ब्यानर राखिएको छ।

Facebook Comments Box