महानगर प्रमुख जिसीको स्वास्थ्य लाभको कामना

पोखरा । स्वास्थ्यमा अचानक समस्या देखिएपछि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
महानगर प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति निकालेर उहाँको स्वास्थ्य लाभको कामना गर्नु भएको हो । नेपालीले उहाँको उपचारमा सम्लग्न चिकित्सक, प्रत्यक्ष तथा परोक्ष स्वास्थ्य अवस्था बारे सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
प्रमुख जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको नेपालीले उल्लेख गर्नुभएको छ । शुक्रबार बिहान करिब ४ बजे उहाँलाई असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पु¥याइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


मणिपाल शिक्षण अस्पपालमा उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात (-Cerebral Infarction) भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या भएको विज्ञप्तिमा उल्लेख छ । महानगर प्रमुखलाई थप उपचारका लागि आज नै हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको नेपालीले बताउनु भयो ।

Facebook Comments Box