महाकाब्यकार त्रिपाठीको जन्मोत्सव

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठीको एक कार्यक्रमका बिच ७९ औ जन्मोत्सब शनिबार हेमजामा मनाइएको छ ।
कार्यक्रममा सस्थापक सचिब कोबिदशरण उपाध्यायले त्रिपाठीलाई जन्म दिनको शुभकामना दिदै प्रतिष्ठान नेपालको इतिहासको बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रममा सल्लाहाकार केसबशरण पौडेल, सल्लाहाकार बसन्त बाँस्तोला, शिक्षासेवी भुबनेश्वर शर्मा, समाजसेवी तथा सञ्चारकर्मी भिमप्रसाद श्रेष्ठले जन्म दिनको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सिब त्रिपाठीले जनार्दनशरण त्रिपाठीद्घारा रचित कबिता बाचन गर्नु भएको थियो ।
प्रतिष्ठान नेपलका अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेल र सञ्चालन सचिब सुनिल गायकले गर्नु भएको थियो ।

Facebook Comments Box