मन्त्री बिन्दु कुमार थापाद्वारा खेलकुद सामाग्री सहयोग

गण्डकी प्रदेशका कानुन,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा द्वारा शनिबार एक कार्यक्रमको आयोजना गरी तरूण दल पोखरा ३३ लाई खेलकुद सामाग्री सहयोग गर्नुभएको हो ।

थापाले कार्यक्रममा बोल्दै यस्तो सहयोगी मन अझै बढदै जाने र आगामी दिनमा सबै खेलका लागि हरेक क्षेत्रमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने समेत प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

मन्त्री थापाले समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समाजको निर्माण गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै मादक पदार्थ सेवन, धुम्रपान, लागुऔषध जस्ता कुलतमा लागेका युवा पुस्तालाई समाजको मूलाधारामा ल्याउन खेलकूद एउटा राम्रो माध्यम हुने बताउनु भयो ।

नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि श्री केशर प्रसाद निर्दोषी , पाटि सभापति रामचन्द्र पौडेल पाटि सह सभापति दिनेश आचार्य , पुर्व पाटि सभापति भोजराज आचार्य , नगर सभापति कृष्णप्रसाद अधिकारी , नगर सदस्य लालु पराजुली लगायतको उपस्थिति रहेको थियो, भने तरूण दलले भलिवल खेल सामग्री प्राप्त गरेको दलका प्रतिनिधीहरुले पाटिलाई सहयोग गरेकोमा सहयोगदाता प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

Facebook Comments Box