भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासँघको जागरण अभियान कास्की देखि

पोखरा । सँयुक्त भुतपुर्व सैनिक एवं प्रहरी कल्याणकारी महांँघले विभिन्न जिल्ला स्तरिय जागरण अभियान कास्की देखि सुरु गरेको छ ।
वर्तमान समयमा भुतपुर्व सैनिक एवं प्रहरीहरुको सेवा सुविधा तथा हक अधिकारको विषयमा भुपू सैनिक अगुवाहरुको उपस्थितिमा महासंघले शुक्रबार पोखरामा जागरण अभियान सम्पन्न गरेको हो ।
महासंघका अध्यक्ष कर्णेल धन बहादुर थापाले उक्त जागरण अभियान नेपालका विभिन्न जिल्लाहरुमा सञ्चालन गर्ने बताउनु भयो । उहाँका अनुसार कास्कीसँगै बाग्लुङमा समेत अभियान सम्पन्न भैसकेको जनाउदैं सो महांसघमा देशका ८१ विभिन्न समितिहरु आवद्ध रहेको बताउनु भयो । उहाँले भुपू सैनिक तथा प्रहरीहरुको हक अधिकारको प्राप्तिका लागि जागरुक गरोउने उद्देश्य सहित कार्यक्रम तय गरिएको बताउनु भयो ।
उहाँले सुतिरहेको भुपूहरुलाई जागरुक गराउनकै लागि अभियान नै सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो ।
उहाँले अनुसार कास्कीमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशको लम्जुङ, तनहुँ, गोरखा, स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्लाबाट समेत भुपू अगुवाहरुको उपस्थिति रहेको बताउनु भयो ।
कास्कीमा सम्पन्न अभियान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गार्खा व्रिगेड समितिका सल्लाहकार कर्णेल भुम बहादुर गुरुङ लगायतले बोलेका थिए ।
महासंघले सामाजिक सुरक्षा भत्ता, सेवा सुविधा र हक अधिकारको विषयमा आवज बुलन्द गर्दै आएको छ ।

Facebook Comments Box