भण्डारीको व्यावसायिक अनुसन्धान विधि बजारमा

काठमाडौं । नेपाल कमर्श क्याम्पस, त्रिभुवन विश्वविद्यलायका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीद्वारा लिखित व्यवसायिक अनुसन्धान विधि (Businesh research methods)को तेस्रो प्रकाशन बजारमा आएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्नुभएका भण्डारीको नेपाली र अंग्रेजी दुबै माध्यममा लिखित पुस्तक सुकुन्दा पुस्तक भवन भोटाहिटीले प्रकाशन गरेको हो । जम्मा सात अध्याय सहित विभिन्न उदाहरण र सिलसिलावद्ध रहेको पुस्तक विश्वविद्यालयका विद्यार्थी, अनुसन्धाता एवम् अनुसन्धानमा रुचि राख्ने जोकोहीका लागि बहुउपयोगी बन्ने विश्वास लिइएको छ ।
कुल २२८ पृष्ठमा समेटिएको पुस्तकको मूल्य ३८० रुपैयाँ छ ।

Facebook Comments Box