बेलबुटे मार्ग निर्माण समितिको अध्यक्षमा थापा

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा बेलबुटे मार्ग निर्माणका लागि शिवबहादुर थापाको अध्यक्षतामा बेलुबटे मार्ग निर्माण समिति गठन गरिएको छ ।
स्थानीयवासीको आज सम्पन्न भेलाले थापाको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पराज पौडेल, सचिवमा विन्दुराज तिवारी, कोषाध्यक्षमा किसान परियार र सहसचिवमा जानुका बस्नेत रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरूमा विष्णुहरि ढकाल, बाबुराम मिश्र, भगवती घिमिरे र रामबहादुर बस्नेत हुनुहुन्छ । भेलाले पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्लबहादुर कार्की, समाजसेवी डिल्लीराम अधिकारी र रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सल्लाहकार चयन गरेको छ ।
पछिल्लो समयमा बेलबुटे क्षेत्रमा वस्ती विकासको क्रम बढीरहेको अवस्थालाई दृष्टिगत गरी यहाँको करिब पाँच सय मिटर मार्ग कालोपत्रे गर्ने तयारी गरिएको हो । मार्ग निर्माणका लागि प्राविधिक अध्ययनमार्फत लागत अनुमान निकाल्ने र वडाको सिफारिस सहित महानगरपालिकामा जाने समितिले जनाएको छ ।

Facebook Comments Box