बृहत फेदिखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा नयाँ बर्ष २०७८ को भित्तेपात्रो लोकार्पण शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी घनश्याम शर्मा लामिछानेले समाजको उद्देश्य राम्रो भएकोले समाजका गतिविधिहरुलाई सक्दो सहयोग गर्ने बताउनु भयो ।
क्यालेन्डर प्रकाशन उपसमितिका सदस्य तथा गीतकार लाल कार्की अन्जानले समाजको आवश्यकता र क्यालेन्डर प्रकाशनको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा भित्तेपात्रो प्रकाशनमा सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।
स्याङ्जा जिल्लाको तत्कालिन ४ गाउँविकास समितिहरु फेदीखोला, भाटखोला, बाँगे, आरुखर्कमा स्थायी घर तथा जन्म भइ पोखरालाई कर्मथलो बनाइ वसेकाहरु बीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले समाज गठन गरिएको संस्थाका अध्यक्ष अविलास गुरुङले बताउनु भयो ।
समाजका अध्यक्ष अविलास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बहादुर क्षेत्रीले र सचिव जगदीश लामिछानेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Facebook Comments Box