बिपिको समाजवाद र महेन्द्रको मिश्रित अर्थव्यवस्थालाई धोति लगाउदै, पुंजी नभएका पुंजीबादी हामी भयौं ।

पुष्पमणि भण्डारी:- मान्छे मार्ने गोलाबारुद र यन्त्रउपकरणहरु संसारभरी बिक्रीगरेरै अमेरिकीहरु जामबटर खान्छन। आफ्ना नरभक्षीसामान बेच्न युद्ध जरुरी छ तेसैले उनिहरु बिश्व भरिनै फुटको राजनिती गर्छन। गरीब र धनिको खाडल बढेमा देशमा सितयुद्द र युद्ध हुन्छ। यो बुझेका यी युकोमेरिकन गोराहरु तीनै गरिवदेशका नेताहरु किन्ने कुकर्म गर्छन अनी हाम्रोजस्तो नमकहराम नेता बिक्री हुन्छन । यसरी गोराहरु र नेताहरुको बलियो टिम बन्यो, यो टिमले देश गरिव र जनता कंगाल बनाउने कदम स्वरुप नेपालमा २०४८मा बिपिको समाजवाद र महेन्द्रको मिश्रित अर्थव्यवस्थालाई धोति लगाउदै निजीकरण लगायो, पुंजी नभएका पुंजीबादी हामी भयौं । देशको स्वामित्व मा रहेका उध्योगहरु कौडीमै बेचेर देश कंगालिकरणको सुरुआत गर्यौं। जसको फलस्वरूप देश र जनता गरिव भए, नाईके किनेर जनयुद्द यिनैले गराए। जनताकै नाममा जनता मार्न लागाए, नेता हाम्रा आंखैअघी छन । जाती, लिंग र भुभाग भेदी हाम्रो संबिधान हाम्रै नेता किनेर युरोअमेरिकीले बनाईदिए।कम्युनिस्टको सरकार उनैले बनाईदिए र पनि एमसीसी पास नहुदा अहिलेको राजनैतिक अस्थिरता उनैले बनाए। नेपाली जनता लाई भकुन्डो बनाईयो नेताहरु खेलाडीको अभिनय गर्दैछन निर्देशक युरोअमेरिकीहरु जाम बटर खॉदैछन।संसारकै गरिव नेपाली जनता दैनिक हजार लिएर सडकमैछन।यही सासक र संभ्रान्तले “गरिवकिन्ने” बाद “पुंजिबाद” हो।

Facebook Comments