365th Day 1Year Challenge !!! कलाकार बिक्रम शिशिर द्धारा पूरा

हरेक दिन कलालाई छुटाउन सक्के उ सफल कलाकार बन्नेछन् भन्ने हाम्रो बुझाई हो । अहिलेपहिले यादगार सम्झनामा कसरी किन के कारण प्रतिकुल जस्तोसुकै अबस्थामा श्रृजित कलाकृतिहरू हरेक दिन सोसल साईटमा पोस्ट गरि आफ्नो कलाकृतिहरूको संकलन कला पारखिहरू माझ पुराई बिश्व कला ईतिहासमा नेपाली कलाको दह्रो उपस्थितिको प्रस्तुति स्वरूप यो 365th Day 1Year Challenge !!! (एक बर्ष ३६५दिने च्यालेन्ज !!!) अभियान शुरु गरिएको र श्री बिक्रम शिशिरले 365th Day 1Year Challenge !!! सफल रुपमा पूरा गर्नु भएको जानकारी सबैलाई गराउन पाएकोमा हामी गौरवान्दित भएका छौ । जय कला क्रान्ति !!! भन्नु हुन्छ । बिश्व कलायात्री प्राज्ञ नगेन सिंह ठकुरी ।
बिश्व कलायात्री प्राज्ञ नगेन सिंहले २०७७ जेठ ३० गते बाट शूरु गरेको पछि एक बर्ष ३६५दिने च्यालेन्ज !!! मा सहभागिता हुन बिश्व भरिको कलाकारलाई आवाहान गर्नु भयो । त्यस च्यालेन्जलाई स्वीकारेर यो अभियानमा २०७७ असार २३गते बाट कलाकार बिक्रम शिशिर पनि जोडिनु भएको थियो । एक बर्ष ३६५दिने च्यालेन्ज !!! पुरा गरेका कलाकार बिक्रम शिशिरको हुन त ? बिस्तृत जानकारी ।
शिशिर का अनेक किसिमका प्रस्तुति छन, उहाँँले प्रस्तुत गरेका कलाकृति पेन्सिल स्केच देखि वाटर कलर, एक्रेलिक,आयल कलर लगायत अटो कलर समेत समाबेश गरेका छन । उहाँँले सोसल साईट www.bikramshishir.blogspot.com मा निरन्तर रुपमा चित्र कोर्दै हरेक दिन एक चित्रकला पोष्ट गरेका थिए । बिभिन्न आयाम, परिबेस, प्रकृति, वातावरण, मानविय गुण, चरित्र, बिश्व घटना, महामारी, दैवी प्रकोप, नारी तथा बालबालिका, बेरोजगारी समस्या जस्ता बिषयमा उनले आफ्नो निपुणता प्रस्तुत गरेका छन । शिशिरले कुनै औपचारिक शिक्षा नलिई निरन्तर अभ्यास को कारणले आज यहाँ सम्म आईपुगेको बिश्व कलायात्री प्राज्ञ नगेन सिंहले बताउदै उहाँँले चित्रमा आफुलाई समर्पित गरेको बताए ।
भेरीगंगा नगरपालिका ५,गेरुवानी, सुर्खेतमा जन्मीएका शिशिर युवा अवस्थामा आंबु खैरेनी गोरखा, बुटवल रुपन्देही, बिरेन्द्रनगर सुर्खेत, नेपालगंज हुदै हाल कोहलपुर बाँके लाई कर्मथलो बनाएका उहाँँ बैदेशिक रोजगारीमा कतार, साउदी अरेबिया, बहराईन, कुवेत युनाईटेड अरब इमिरेट्स, ओमान, इराक लगायतका मुलुकमा आफ्नो श्रम तथा कला संस्कृति, भाषा साहित्य ,भौगोलिक, समाजिक, बिकास निर्माण, आर्थिक,शैक्षिक स्वास्थ्य, कानुन जस्ता विभिन्न अनुभब र अवलोकन गरेका उहाँँले केहि पेन्टिङहरु कतार,दोहा, साउदी अरब, दम्माम, तथा युयई,दुवईमा रोजगार दाता कम्पनी संग सुरक्षित रहेको बताउँदै उहाँँले भने कलाकै कारणले अन्य ड्राइभरसाथीहरु भन्दा भिन्न पहिचानको रुपमा सम्बोधन गर्दथे रोजगार दाताहरुले ।
बिक्रम शिशिर निरन्तर रुपमा कोहलपुरमा रहेको हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानको सदस्य तथा कला बिभाग प्रमुखको रुपमा कार्यरत छन्, कोहलपुरमा कला भन्ने नारा का साथ उनको नेतृत्व मा नवौँ सृङखला गरिसकेका उनले कोहलपुर आसपास लगायत कर्णाली प्रदेशमा समेत कला बिभागले काम गर्दै आएको छ, स्थानीय प्रतिभालाई जागरुक बनाउने एकेडेमी संग सहकार्य गर्ने र आफु सिक्दै गर्दा अरुलाई पनि सिकाउँदै लैजाने शैली नै लोभलाग्दो पक्ष हो शिशिरको ।

यतिबेला बिक्रम शिशिरको पांचौं एकल चित्रकला प्रदर्शनी भैरहेको छ उक्त चित्रकला एक महिना लामो चल्ने छ, यहिँ महिना १६गते बुधबार उक्त चित्रकला प्रदर्शनी को समिक्षा कार्यक्रम सम्पन्न भएको थियो, जस्लाई www.nagenart.com ले प्रदर्शनीमा ल्याएको हो । चित्रकला लगायत साहित्य मा पनि उनले कलम चलाएका छन , शीतका फूल गजल संग्रह प्रकाशित गरेका शिशिरले आफुलाई सामाजिक कार्यमा पनि सक्रिय बनाउदै आएकाछन । हालसम्म बिभिन्न पुस्तकालयहरूमा बुवा आमा तथा आफ्नो छोराहरूको जन्मदिनको अवसर पारेर पुस्तकहरू तथा पेन्टिङ हस्तान्तरण गरेका छन ।
हाल बिक्रम शिशिर कोहलपुर बसेर बिभिन्न संघ संस्था को नेतृत्व गर्दै आफुलाई कृयाशिल गराउदैं आयका केही संस्थाहरू कला बिभाग प्रमुखस् हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर । निर्देशकस् ललितकला पाठशाला कोहलपुर । अध्यक्ष स् रिटर्नी माइग्रेन्ट नेपाल, जिल्ला कार्य समिति, बांके । उपाध्यक्ष कोहलपुर अटो एसोसिएसन, बाँके । बिश्व कलायात्री प्राज्ञ नगेन सिंहले बिक्रम शिशिरको वास्तविक नाम राज बिक्रम चन्द भएको जानकारी दिदै यो अभियान (एक बर्ष ३६५दिने च्यालेन्ज !!!)मा सहभागिता हुन बिश्व भरिको कलाकारलाई आवाहान गर्नु भयो । जय कला क्रान्ति !!!

Facebook Comments Box