बाबुको पुण्यतिथिमा पोखरा वृद्धाश्रमलाई देउकुमारीद्वारा खाद्यान्न सहयोग

पोखरा । आफ्ना बाबु स्व. रामकृष्ण रानाको ४९ औं दिनको पुण्यतिथिमा समाजसेवी देउकुमारी थापाले पोखरा वृद्धाश्रममा खाद्यान्न र फलफूल सहयोग गर्नुभएको छ ।
नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य समेत रहनुभएकी समाजसेवी थापाले छोरी मेनुका थापासहित मंगलबार पोखरा–१७, महतगौंडा पुगी वृद्धाश्रममा खाद्यान्न र फलफूलसहित स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो । वृद्धाश्रमका कर्मचारी दीपक कुँवरलाई थापाले ती सामग्री हस्तान्तरण गर्नुभएको छ । थापाले वृद्धाश्रममा रहेका ५५ जना ज्येष्ठ नागरिकका लागि चामल, नुन, तेल, चिनी, अण्डा, फ्रुटीलगायतका खाद्यान्न, फलफूल र सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
कोरोना महामारीका कारण वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई भेला गरी कार्यक्रम गर्न नपाएपनि आफ्नो बाबुको पुण्यतिथिमा वृद्धाश्रममा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष मिलेको थापाले बताउनुभयो । वृद्धाश्रमका कुँवरले महामारीका बेला पनि वृद्धाश्रमसम्म आएर सहयोग गरेकामा थापाप्रति आभार प्रकट गर्नुभयो ।
माछापुच्छ«े गाउँपालिका–३, घलेखर्क, कास्कीनिवासी स्व. रामकृष्ण रानाको ९१ वर्षको उमेरमा असार १६ गते निधन भएको हो ।

Facebook Comments Box