बलिउडकर्मीहरुले लकडाउनमै कराडौंको बंगला किन्ने


मुम्बई– अहिले बलिउडका केही सेलिब्रेटीहरुले नयाँ बंगला (घर) किनेको खबर निरन्तर आइरहेका छन् ।

भखर्रै मात्र पनि अभिनेता अजय देवगणले जुहूमा आफ्नो घर नजिक नयाँ बंगला किनेका छन्, जसको मुल्य करोडौं रुपैयाँ रहेको बताइन्छ ।
अजय देवगणभन्दा पहिला अर्जुन कपूर, अमिताभ बच्चन, करीना कपूरसमेत विभिन्न कलाकारहरुले आफ्नो लागि भरखरैमात्र नयाँ बंगला किनेका छन् ।

अजयले किनेका बंगला ५ सय ९० स्कवायर यार्डको छ ।

अजयका प्रवक्ताका अनुसार उक्त बंगलाको मूल्य ९६ करोड रुपैयाँ रहेको छ ।

अमिताभ बच्चनले मुम्बईमा ५१८४ स्क्वायर फीटको सम्पत्ति जोडेका छन् ।

यो एउटा डुप्लेक्स अपार्टमेन्ट हो, जुन २७ र २८ तल्लामा रहेको छ ।

त्यसमा ६ वटा गाडि अटाउने पार्किङ स्पेस छ ।

अमिताभले उक्त सम्पति करिव ५० करोड रुपैयाँमा किनेका हुन् ।

अभिनेता अर्जुन कपूरले मुम्बईको बान्द्रामा ३२ करोड रुपैयाँको फ्याट किनेका छन् ।

उनले यो फ्लाट उनकी प्रेमिका मलाइका अरोडाको घर नजिक रहेको छ ।

यही भवनमा सोनाक्षी सिन्हाको स्काई भिल्ला पनि छ ।

जान्हवी कपूरले पनि आफ्नो लागि नयाँ घर किनेकी छिन् ।

उनको नयाँ घर जुहूमा छ ।

उनको उक्त नयाँ घरको डील पछिल्लो ७ डिसेम्बरमा फाइनल भएको थियो । जान्हवीको उक्त घरको मुल्य ६४ करोड रुपैयाँ छ ।

त्यस्तै अरशद वारसीले गोवामा भव्य भवन किनेका छन् ।

अरशदले उक्त भवन एक बर्ष अगाडि लकडाउन घोषणा भएलगत्तै किनेका थिए । उनको उक्त भवन पोचुैगल स्टाइलको भिल्ला हो र सन् १८७५ मा निर्मित एउटा हेरिटेज प्रोपर्टी हो ।

आयुष्मान खुरानाले पनि पञ्चकुलामा नयाँ भवन लिएका छन् । आयुष्मानले आफ्ना परिवारका लागि पन्चकुलामा १५ करोड रुपैयाँको शानदार घर किनेका हुन् ।

ऋतिक रोशनले गत वर्षको अक्टोबरमै जुहु–वर्सोभा लिंकरोडमा दुई वटा भव्य अपार्टमेन्टहरु किनेका छन् । दुवैको मूल्य झण्डै डृढ अरब छ ।

जुहु वर्सोभा लिंक रोडमा किनिएको उक्त दुई अपार्टमेन्ट ३८,००० स्क्वायर फीटमा फैलिएको छ ।

ऋतिकको दुबै अपार्टमेन्ट भवनको १४, १५ र १६औं तल्लामा रहेको छ भने ६५०० स्क्वायर फीटको खुल्ला छत पनि छ । उनको भवनको नाम मन्नत हो ।

गत वर्षको नोभेम्बरमा आलिया भट्टले पनि फ्याट किनेकी छिन् ।

आलियाको नया अपार्टमेन्ट २,४६० स्क्वायर फीटको छ ।

भास्तु पाली हिलको उक्त भवनको ७औं तल्लामा रणबीर कपूर बस्छन् भने ५ औं तल्ला आलियाले किनेकी छिन् । आलियाको आपर्टमेन्टको मुल्य ५० करोड रुपैयाँ रहेको छ ।

Facebook Comments Box