बगैँचा टोल विकासद्धारा बाटेको धुप बनाउने तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ ।
मंसिर १ र २ गते गरी सञ्चालन भएको तालिममाकरिब ५० जनाप्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक सविना रानामगरले बाटेको धुप बनाउन सिकाउनु भएकको थियो ।
प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण पहारीले कार्यक्रमको उदघाटन गर्दै , नेपाल सरकारले प्रयोगात्मक शिक्षालाई शहर बजार हुदै गाउँ गाउँमा रहेका नागरिकहरुलाई प्रदान गरेमा नेपालमा गरिबको संख्या घटाउन सकिने बताउनु भएको छ । तालिम र ब्यवहारीक ज्ञानले मानिसलाई रोजगारीकाअवसर प्रदानगर्ने हुदाआत्मनिभर बन्नकालागितालिमको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सीप सिकेर आय आर्जनका कार्यमा लाग्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा न ६ का वडा सचिब कुलराज पौडेलले आफ्नै गाँउघरका मौलिक बस्तुहरुलाई हाम्रा पूर्खाहरुले बिभिन्न किसिमका उपभोग्य बस्तुहरु बनाउने गरेर आर्यआर्जनको माध्यम बनाइ बजारमा विक्रीवितरण गर्ने गरेको सुनाउनुभयो । अहिलेको बर्तमान अवस्थामा हामीहरुले कस्मेटिक बस्तुहरुलाई बढी महत्व दिदा पूर्खाहरुले सिकाएको सिप लोप हुदै गएकोमा दुःख ब्यक्त गर्दैे पूर्खाहरुले सिकाएको सिपलाई ब्यवहारमालागु गर्ने सके मात्र कुनै पनि नेपाली नगारिक बिदेशमा गएर पसिना बगाउन्नन पर्नेमा जोड दिनुभयो ।
अध्यक्ष मिना ढकालले संस्थाले “हातहातमा काम बगैचा टोलविकासको अभियान”भन्ने उद्देश्यलाई आत्मसात गर्दै आफ्ना सदस्यहरुलाई आर्थिक स्तरमा आत्मनिर्भर बनाउने भावनाले तालिमको आयोजना गरिएको बताउनु भयो ।
संस्थाका अध्यक्ष मिना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा तालबाराही आरतिका अध्यक्ष गिरीराज अधिकारी, सल्लाहकार प्रेमनारायण अधिकारी, उपाध्यक्ष उर्मिला ढकाल र सचिब रेणु थापा लामिछाने लगायतले तालिमबाट सिकेका सिपहरुलाई आयआर्जनमा लगाउनु पर्नेमा जोड दिए ।
तालिममा सहभागिहरुले तालिममा सिकेको ज्ञान सीपलाई आम्दानी हुने क्रियाकलापमा लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाइ, स्थास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments Box