बगर भाइखलक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ गतेबाट

तयारी पूरा, प्रतियोगितामा २८ टिम सहभागी हुने
पोखरा । रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइखलक भेट्रान्स एट-ए-साइड चौथो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यहि फागुन २४ गतेबाट २९ गतेसम्म पोखरामा सञ्चालन हुने भएको छ । आयोजक बगर भाइ खलकले एक पत्रकार सम्मेलनमार्फत सम्पूणर् तयारी पूरा भएको र प्रतियोगितामा २८ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, वीरगन्ज, हेटौंडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानीय टिमले प्रतिस्पर्धा गर्ने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनु भयो ।
प्रतियोगितामा पोखराका अग्रज फुटबल खेलाडी खेम गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिदै पूर्व राष्ट्रिय पूmटबल खेलाडी, पूर्व प्रशिक्षक, भूपू खेलाडी मञ्च नेपालका महासचिव एवं खेलकर्मी गुरुङ्गलाई ताम्रपत्र एवं दोसल्लासहित सम्मान गरिने बताउनु भयो ।
प्रतियोगीतामा उपाधि विजेताले रनिङ सिल्डसहित नगद एक लाख ११ हजार १११, द्वितीयले नगद रु. ५५ हजार ५५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय पुरस्कार रकम सहारा युकेले प्रायोजन गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।
यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद पाँच हजार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने छ ।
यसैगरी अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा ज्येष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई विशेष पुरस्कार प्रदान गरिने छ ।
पोखराको ऐतिहासिक पुंरानो टुँडिखेलमा हुने प्रतियोगिताका लागि १५ लाख खर्च र १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिव याम गुरुङले जानकारी दिनु भयो ।
उक्त प्रतियोगिता विगत २०६८ सालदेखि ४० बर्ष देखि ६५ बर्षको उमेर समूहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ ।