फोर्स मोटर्स र कामना सेवा विकास बैंकबीच सम्झौता

पोखरा । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि र कामना सेवा बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधवार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि का प्रबन्धक निर्देशक निरन के.सि र कामना सेवा विकास बैंक का प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गर्नुभएको थियो ।
फोर्स मोटर्सका गाडि खरिद गर्दा ग्राहकलाई बैकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबे प्रकारका गाडिमा ८०% सम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ । फोर्स मोटर्ससंग सहकार्य गर्न पाउँदा खुसि लागेको बैकंका कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो ।
बैकको तर्फबाट प्रबन्धक घनस्याम ढुङ्गेलको पनि उपस्थिति रहेको थियो । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यवसायिक घराना भएकाले अन्य व्यवसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने प्रबन्धक ढुङ्गेलले बताउनुभयो ।
आयामले बिगत ६ वर्ष देखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्ी वितरण गरिरहेको छ । काठमाडौं, हेटौडा , पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छ भने नेपालका विभिन्न शहरमा डिलर विस्तार गरी फोर्सका गाडी वितरण भइरहेका छन् ।
बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि का प्रबन्धक निर्देशक निरन के.सि ले बताउनुभयो । धेरै सिट क्षमता , इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख कि.मी , मर्सिडिज ईन्जिन लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकषर््ाण बढेको निर्देशक निरन के.सि ले बताउनुभयो ।

Facebook Comments Box