प्रविधिमैत्रि लक्ष्मी आदर्श मा.विद्यालमा एक शिक्षक एक ल्यापटप हुने

लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा एक शिक्षक एक ल्यापटप निति लागु गरिने भएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले उक्त निति निर्णय गरेको हो । विद्यालयलाई प्रविधिमैत्रि वातावरण बनाउने उद्धेश्यले शिक्षकहरु , विद्यालय प्रशासन र वडा कार्यलयको संयुक्त आर्थिक लगानीमा शिक्षकको अपनत्व हुने गरी उक्त निति शैक्षिक सत्र २०७८ देखि लागु गरिने निर्णय भएको विद्यालयका प्रधानाध्यापक रबिन्द्रनाथ भट्टराइले जानकारी दिनु भयो । 

पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई एक शिक्षक एक ल्यापटप अवधारण लागु गरिने बताउनु भयो । नयाँ नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षाका लागि यो निति लागु गने लागिएको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिमका अध्यक्ष राजेन्द्रमणी लामिछानेले एक शिक्षक एक ल्यापटप अवधाराणा सकारात्मक भएको बताउँदै शिक्षकहरुलाई प्रविधिको माध्यमबाट अध्यापन गराउन सहज हुने बताउनु भयो । विद्यालयमा प्रविधिमैत्रि वातावरण बनाई गुणस्तरीय शिक्षा कायम राख्न विद्यालय व्यवस्थापन समिति लागि परेको बताउँदै आवश्यक व्यवस्थापकिय पक्षलाई व्यवस्थापन गर्दै जाने बताउनु भयो । 

अभिभावक संघका अध्यक्ष शिव मोहन अधिकारीले अहिलेको विषम परिस्थितिमा विद्यालयलाई प्रविधिमैत्री बनाइ अध्धापन गराउनु सकारात्मक भएको बताउँदै शिक्षकहरुले पनि समय सापेक्ष अनुसार आफुलाई परिमार्जित गर्दै अध्यापन गराउनुपर्नेमा जोड दिनु भयो ।

 विद्यालयका प्रधानाध्यापक रबिन्द्रनाथ भट्टराइले आवश्यक हुने शिक्षकहरुले पन्ध्र दिन भित्रमा  विद्यालय प्रशासनमा सम्पर्क गर्न आग्रह गर्दै यो अवधारणाले शिक्षकहरुलाई शिक्षण कार्यमा थप हौसला मिल्ने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा कायम राखन विद्यालय प्रशासनले कुनै कसुर बाँकी  नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  

Facebook Comments Box