प्रधानमन्त्री केपि ओली आधुनिक सकुनी, कांग्रेस सत्ता स्वार्थमा लागेको नेकपाको ठहर

संविधानले दिएको अधिकार प्रयोग गरेर सभामुखको अध्यक्षतामा संसद्को बैठक बसेर प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताए । ‘पुनः एकपटक जुर्मुराएर सबै उठ्नुको विकल्प छैन । प्रधानमन्त्री ओलीको सेटिङ भत्काएर अब जनताको सेटिङ हुन्छ,’ उनले भने, ‘त्यसका लागि पुनः एकपटक जुर्मुराएर सबै उठ्नुको विकल्प छैन ।’
‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ । त्यो मेरो दोष हो ? मैले आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडें, त्यो मेरो दोष हो ?’ दाहालले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ ।’
माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई लगायतले प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति हाबी भएको, महाभारतका आधुनिक सकुनी भएको,कम्युनिस्टलाई विनाश गर्न खोजेको, कांग्रेस सत्ता स्वार्थमा लागेकाले अलमलमा परेको बताए ।