प्रथम टाइगर कप महिला तथा पुरुष भलिवलमा १९ लाख वचत


पोखरा । पोखरामा गत माघ २७ गतेबाट फागनु १ गते सम्म टाइगर ग्रुप अफ पोखरा नेपालद्धारा सञ्चालन भएको प्रथम टाइगर कप महिला तथा पुरुष भलिवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले एक पत्रकार सम्मेलन मार्फत आय व्यय सार्वजनिक गरेको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले आय व्यय सार्वजनिक गर्दै प्रतियोगितामा ५४ लाख ४१ हजार ८३५ आम्दानी भएको जनाउँदै कूल खर्च ३५ लाख ११ हजार ७ सय ९४ खर्च तथा १९ लाख ३० हजार ४१ रुपैयाँ वचत भएको जानकारी दिनु भएको हो ।
प्रतियोगिताको आय-व्यय सार्वजनिक गर्दै अध्यक्ष शर्माले वचत भएको रकम सामाजिक तथा खेलकूद विकासका लागि खर्च गरिने बताउनु भयो । उहाँले कोभिड १९को विचमा समेत प्रतियोगिताले कस्तो रुप लिन्छ भन्ने मनमा त्रास हुँदा हुँदै आँटेको तर सवैको मायाँले सफलता प्राप्त गरेको बताउदैं सबैमा आभार व्यक्त गर्नु भएको थियोे ।
आगामी वर्ष समेत प्रतियोगितालाई निरन्तरता दिने बताउँदै अध्यक्ष शर्माले सबैको हातेमालो र विश्वभरी छरिएर रहेका टाइगर ग्रुपका सदस्यहरुको आत्मिय सहयोगले टाइगर कप सफल भएको बताउनु भयो । प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिका, अन्नपूणर् गाउँ पालिका लगायत १९५ भन्दा वढी व्यक्ति एवम संघ संस्थाले सहयोग गरेको अध्यक्ष शर्माले बताउनु भयो । भलिवल प्रतियोगितामा टिकटबाट मात्रै १० लाख ५५ हजार आम्दानी गरेको जानकारी दिनु भयो ।


सोही कार्याक्रममा टाइगर रुपले वागलुङ वडिगाढ गाउँ पालिका स्थित एक अशक्त परिवारलाई ५० हजार सहयोग गरेको छ । उक्त गाउँ पालिकाका स्व.टोप बहादुर विकको अशक्त परिवारलाई पोखरा छोरेपाटन स्थित २०४६ को एसलसी व्याच समुह मार्फत रकम प्रदान गरेको हो । उक्त समुहका अध्यक्ष समेत रहेका पत्रकार राजु क्षेत्री मार्फत स्व. विकको परिवारलाई रकम हस्तान्तरण गरिने भएको छ ।
उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले समेत उक्त परिवारलाई २१ हजार सहयोग गर्नु भएको थियो । कार्यक्रममा बोल्दै राखेपका सदस्य गुरुङले टाइगर ग्रुपको भलिवल प्रतियोगिताले पोखराको खेलकुदमा नयाँ उत्साह जगाएको बताउनु भयो ।
कार्यक्रममा ग्रुपका सचिब एवम कास्की जिल्ला खेलकूदका कार्यालय प्रमुख प्रकाश बराल, प्रतियोगिताका संयोजक नविन गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए ।

Facebook Comments Box