प्रजातन्त्रका सेनानी स्व. राजेन्द्रको स्मृतीमा प्रकाशित कृतिको लोर्कापण

पोखरा । समााजीक व्यक्तित्व एवं प्रजातन्त्रका सेनानी स्वर्गीय राजेन्द्र प्रसाद त्रिपाठीको स्मृतीमा प्रकासित स्मृती ग्रन्थको पुर्व सभामूख एवं नेपाली का्रग्रेसका नेता तारानाथ रानाभाटले आज एक समारोहका वीच लोकार्पण गर्नुभयो ।
शैक्षिक, सामाजिक, राजनीतिक र विकासप्रेमी नेताका रुपमा आफ्नो छवी वनाएका राजेन्द्रप्रसादको ८३ वर्षको उमेरमा २०७७ वैशाख ३० गते आफ्नै निवास पोखरा २८ कालिकामा निधन भएको थियो । स्वर्गीय त्रिपाठीले गरेको संघर्ष राजनीतिक एवं सामाजिक कार्यहरुको ईतिहासलाई जीवन्त राख्न सममाजसेवी ऋषिराम त्रिपाठीको संयोजकत्वमा स्व राजेन्द्र प्रसाद त्रिपाठी स्मृती ग्रन्थ प्रकाशन समिति गठन गरेकोे थियो । तत्कालीन कालीका गाविसको पुर्व प्रधानपञ्च भएर काम गरिसकेको स्वर्गीय त्रिपाठीले विशेषत स्थानीय विकासको लागी उल्लेख्य योगदान गरेका थिए । राजनीतिमा रहदा व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर काम गरेका स्वर्गीय राजेन्द्रले समाजसेवामै रहदा आफ्नो लाखौ मूल्यको जग्गाा समेत वेच्नुपरेको थियो ।
स्वर्गीय राजेन्द्र त्रिपाठीले गरेका योगदानको उच्च मूल्याङकन गर्दै स्थानीय तहवाट २०७७ वैशाख २५ गते उहाको चौरासी पुजा र नागरिक अभिनन्दन एकसाथ गर्ने तयारी भएको थियो । तर महामारीको रुप लिएको कोभिड १९का कारण सोही समयमा अभिनन्दन हुन पाएन । अन्तत त्यसको ५ दिन पछि उहाको स्वर्गारोहण भयो । पुस्तकको विमोचन गर्दै पुर्व सभामुख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले राजनीतिमा आँफु समेत स्वर्गीय त्रिपाठीको अनुयायी भएको वताउनुभयो । स्वर्गीय त्रिपाठीले प्रधानपञ्च हुदा विकासका योजनामा स्रोतको समानुपातीक वाँडफाड गरेको स्मरण गर्दै पुर्वसभामुख रानाभाटले जेलनेल, दुखकस्ट नभनी राजनीतिक चेतनाको अभियानमा स्वर्गीय त्रिपाठी सँधै सक्रीय रहेको स्मरण गर्नुभयो ।
पुर्व मन्त्री यज्ञवहादुर थापाले राष्ट्र र जनता र पार्टीप्रती जिम्मेवार रहेर काम गर्ने नेताको खडेरी भएकावेला स्वर्गीय राजेन्द्र जस्तो व्यक्तिको खाचो औंल्याउनु भयो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैन वहादुर क्षेत्रीले स्वर्गीय त्रिपााठीले साविक कालिका गाविसमा रहेरशिक्षा, स्वासथ्य, शडक, भु संरक्षण लगाएतका विभिन्न विकासका पुर्वाधार निर्माणमा गररेका कामहरुको स्मरण गर्नुभएको थियो ।
पुस्तकको समिक्षा गर्दै समालोचक पदमशरण रेग्मीले सामाजिक, धार्मीक, पारिवारीक संरक्षक आदी दृष्टीकोणवाट ७१ वटा लेख मार्फत वहुआयामीक व्यक्तित्वका रुपमा स्वर्गीय त्रिपाठीको व्याख्या गरिएको वताउनुभयो ।
स्वर्गीय त्रिपाठीको छोरा किर्तिवल्ल्भ त्रिपाठीले वुवाको स्मृती ग्रन्थ प्र्कासन गर्ने र लोकापर्ण समारोहमा उपस्थित सवैलाई धन्यवाद व्यक्त गर्नुभयो । स्मृती ग्रन्थ प्रकाशन समितिका अध्यक्ष ऋषिराम त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनका सहपाठी परासर चापागाई, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, कांग्रेस कालीकाका वडा सभापति विश्वरमण अधिकारी, भानू ढकाल लगाएतले स्वर्गीय त्रिपाठीले गरेका योगदानको चर्चा गरेका थिए ।

Facebook Comments Box