पोखरा रोयल सहकारीको २०औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । पोखरा १० बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीको २०औं वार्षिक साधारण सभानयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा क्या.चन्द्रप्रसाद गुरुङ्ग, सचिव केशवप्रसाद ढकाल, कोषाध्यक्ष गीरबहादुर श्रेष्ठ सदस्यहरुमा कृष्ण ढकाल, केदारनाथ पोखरेल, सि.आई.हरिबहादुर गुरुङ्ग, उमा परियार र एकबहादुर गुरुङ्ग निर्वाचित भएको छ । यसैगरि लेखा सुपरिवेक्षण समितिको संयोजकमाहर्कबहादुर गुरुङ्ग र सदस्यहरुमाखिमकुमारी गुरुङ्ग र नारायण सुवेदीनिर्विरोध रुपमा चयन भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।
वार्षिक साधारण सभाको गण्डकी प्रदेश भूमि व्यवस्था,कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । पराजुलीले पोखरा रोयल सहकारी नेपालकै उत्कृष्ठ सहकारी रहेको र यसले अरु सहकारीलाई समेत संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन सिकाउन पर्ने बताउनुभयो । साथै संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सल्लाहकार द्धय मेजर रामप्रसाद गुरुङ्ग, एकनारायण ढकाल र पुरस्कृत सदस्य प्रभात पौडेल लगायतका बक्ताहरुले आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा अविनास पौडेल, उत्कृष्ठ सदस्यहरुमा प्रभात पौडेल, पार्वती पौडेल बराल, उत्कृष्ट बाल बचतकर्ता अञ्जली गुरुङ्ग, उत्कृष्ट लघुवित्त केन्द्रतर्फ प्रथम हुने हरियाली रोयल केन्द्र, द्धितिय हुने शिशुवा रोयल केन्द्र र तृतिय हुन सफल साथीभाई रोयल केन्द्र र उत्कृष्ठ सेवाकेन्द्र तर्फ दुलेगौडा सेवा केन्द्रलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसै बीच २०औं वार्षिक साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समिति, लेखा परिक्षकका ेप्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथा बजेट समेत पारित गर्दै शेयर लाभांशतर्फ ८.०२ प्रतिशत, संरक्षित पूँजी फिर्ता कोष तर्फ बचत तर्फको कारोबारमा २.३७ र ऋण कारोबार तर्फ २.४० प्रतिशत लाभ वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । हाल संस्थामा७३४६ जना शेयर सदस्य रहेका छन् भने संस्थाले नियामक निकायको मार्गदर्शन बमोजिम साप्ताहिक रुपमा सदस्यहरुको उपस्थिति गर्दै साधारण सभा सम्पन्न गरेको हो । यसैबीच संस्थाको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले कोभिड संक्रमणका कारण ज्यान गुमाउने प्रत्येक सदस्यहरुको परिवारलाई प्रति सदस्य ५ हजार आर्थिक सहयोग गर्ने साथै कोभिड केयर शिर्षक अन्र्तगतरु.१० लाख सम्मको ऋणमा ८.८८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने कार्यलाई निरन्तरता दिने निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले जानकारी गराउनुभयो ।

Facebook Comments Box