पोखरामा हुने १० किमी दौडको सम्पूर्ण तयारी पूरा

पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भोलि चैत १४ गते शनिवार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको छ ।
१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको हो । उक्त दौड अन्तर्गत पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकहरुले नाम दर्ता गराएको मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङले जानकारी दिनुभएको छ ।
उक्त दौड अन्तर्गत पुरुषतर्फ ४ सय ७५ जना भन्दा वढीले नाम दर्ता गराएका छन भने महिला तर्फ ८० जना रहेका छन । उक्त दौड पोखरा रंगशालाबाट शुरु भई, पृथ्वीचोक, मेयर हर्कचोक, मुस्ताङचोक, शहिद चोक, हल्लनचोक, डिहिको पाटन, जरेवर, जिरो किमी, सृजना चोक, शभागृह चोक, न्यूरोड, विपी चोक हुँदै मानवअधिकार चोक ९पोखरा ट्रेडमल० पुगेर समापन हुनेछ ।

दौडको रुटमा पर्ने सम्पूर्ण संघ संस्था तथा आमा समूहहरुलाइ सदाझैं सांस्कृतिक झाँकी र वाजागाजा सहित धावकहरुलाई स्वागत गरिदिन मञ्चले आह्वान गरेको छ । त्यसै गरी सवारी आवगमनका कारण धावकहरुलाई बाधा पुग्ने भएकोले सम्पूर्ण यातायत व्यवसायीहरुलाई केही समयका लागि आफ्ना सवारी साधनहरु नचलाउन मञ्चका द्वितीय उपाध्यक्ष दिल बहादुर गुरुङले आग्रह गर्नुभएको छ ।

विश्वभर कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजिवन सदस्य तथा स्वास्थ्य समितिका संयोजक सम्मर बहादुर श्रेष्ठले जनाउनुभएको छ ।स्वास्थ्य सचेतनासँगै खेलाडी तथा अन्य कार्यक्रममा सहभागीहरुलाई नेलम्वो नेपालले स्वास्थ्यका सामग्री मास्क र सेनीटाइजरहरु समेत वितरण गर्ने तयारी भइरहेको संयोजक श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान नगद रु १५–१५ हजार, दोश्रोले १०–१० र तेश्रोले ७–७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दौडतर्फ ३०० जना धावकहरुलाई उनीहरुले दौड पूरा गरेको क्रमशंख्याको आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।

१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत गत फागुन १ गते पुरुषतर्फको ४२।१९५ किमी म्याराथन र महिलातर्फको २१ किमी हाफ म्याराथन दौड सम्पन्न भइसकेको छ भने गत फागुन २२ गते महिला पुरुष ह्विल चियर र दृष्टिविहिन दौड समेत सम्पन्न भइसकेको छ । उक्त कार्यक्रम अन्तर्गत २०७८ वैशाख ४ गते छात्र–छात्रातर्फको ५ किमी दौड हुने मञ्चले जनाएको छ ।

Facebook Comments Box