पोखरामा फागुन १७ देखि ईन्टर क्लब टी-ट्वान्टी क्रिकेट लिग

पोखरा । ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ भन्ने नारा सहित पोखरामा आगामी फागुन १७ देखि २६ गते सम्म ‘सुपर जनरल ईन्टर क्बल टी-ट्वान्टी क्रिकेट लिग २०२१’ हुने भएको छ । के.एन. स्पोर्टस् प्रालि को आयोजनामा पोखरा रङ्गशाला क्रिकेट मैदानमा उक्त लिग सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
उक्त लिगमा देशभरका कुल ८ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक कमल थापाले बताउनु भयो । उहाँका अनुसार उक्त लिग च्याम्पियनले ट्रफी, मेडल, तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
संयोजक थापाले विधागत रुपमा सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट व्याट्सम्यानलाई आर्कषक पुरस्कार प्रदान गरिने बताउनु भयो । त्यस्तै प्रत्येक खेलबाट एक खेलाडीलाई म्यान अफ द म्याच घोषित गर्ने समेत आयोजकले जनाएको छ ।
राष्ट्रिय क्रिकेट संघका केन्द्रिय सदस्य रिसी गौतमले प्रतियोगिताहरु हुनु पर्ने बताउदैं प्रतियोतिाले नयाँ खेलाडिहरु उत्पादन हुने र खेल बिकासमा सहयोगी हुने जनाउनु भयो ।


उक्त प्रतियोगितामा चितवल क्रिकेट टिम, सुपर जनरल पोखरा -११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाण्डौं, मिक्समाण्डु क्बल काठमाण्डौं र स्टन एकेडेमी चितवन गरि कुल ८ टिमले प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments