पोखरामा नाटक “चरणदास चोर” प्रदर्शन हुने

पोखरा । पोखरा थिएटरबाट प्रशिक्षित कलाकाहरुको समूह रेनेसा थिएटरले मंसिरबाट नयाँ नाटक प्रदर्शन गर्ने भएको छ ।
पोखरा नाटक घरमा आउँदो मङ्सिर १ देखि १४ गतेसम्म नाटक “चरणदास चोर” प्रदर्शन हुने नाटकका निर्देशक निश्चल विमलले जानकारी दिनुभयो । विमलले नाटकले नेपाली समुदायको सामाजिक आर्थिक र मनोवैज्ञानिक सन्देश दिने बताउनुभयो ।
रेनिसेन्स थिएटरका संयोजक शरद भण्डारीले कोरोनाकाल झ्यालखानाजस्तै लागेको रंगमञ्चमा फर्कन नपाउँदा उकुसमुकुस भएको अनुभव सुनाउदैं थिएटर जगाउन स्वयंसेवी रुपमा नाटक प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।

रिहल्र्सल गर्दै कलाकार

निश्चल विमलको निर्देशन र शरद भण्डारी सहनिर्देशन रहेको नाटकमा शरदसहित ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिना, मनोज सुनार, एमडी काफ्ले, नौर क्षत्री, सुशील बराल, अदिल भुजेल, विवेक मन, एलिसा विक, प्रेम केसी, विष्णुराज तिमील्सिना, सरजम मगर र सुविना श्रेष्ठको अभिनय रहेको नाटकका कलाकार निश्चल विमलले जानकारी दिनुभयो ।
उक्त नाटक भारतका प्रख्यात नाट्य निर्देशक कलाकार हविव तनविरले १९७५ मा लेख्नुभएको थियो भने नेपाली अनुवाद रङ्गकर्मी आशानत शर्माले गर्नुभएको हो ।

Facebook Comments Box