पोखराको नदीपुरमा बर्षादको कारण चर्कीएका घरहरुको उचित क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्छुः सांसद बराल


पोखरा ३ कन्या मार्गका जयराम पाण्डे र देओबहादुर पुनको यही असार १३ गते राति आएको बर्षादको कारण घरको भिक्ताहरु चर्कीएको कन्या मार्ग उपभोक्ता समितिका अध्यक्ष महाविर थापाले बताउनु भयो । पाण्डे र पुन परिवारको घरमा भएको क्षतिपुर्ति कसरी उपलब्ध गराउन सकिन्छ त्यसको बारेमा र भैरवटोल देखि कन्यामार्ग सम्मको करिब ७ सय ५० मिटर दोहोरो नाला सहितको पिच सडक निर्माणमा पहल गर्न सांसद बराल समक्ष आफुहरुले आग्रह गरिएको अध्यक्ष थापाले बताउनु भयो । विकासमा सवै एक हुनु पर्ने सचिव कृष्ण अधिकारीले े बताउनु भयो । कागेंसका नेता दिलीप गिरीले पूर्व योजना विना विकास निर्माण हुदा हाल खानेपानी बिस्तारले गर्दा नदीपुर क्षेत्रको सडक छियाछिया भएको दाबी गर्नुभयो । स्थानिय भूपालजंग कुवंरले ठेक्का दिएका धेरै ठाँउमा जनताको सहमति विना आफ्नो ढंगले काम गर्दा पनि नदीपुरमा दुई घरमा क्षति पुगेको हुुन सक्ने बताउनु भयो ।
स्थानिय सुनिता बस्नेत, बालकृष्ण काफ्ले, पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा सदस्यहरु रविन कायस्थ, लक्ष्मी पराजुली लगायतले नदीपुर क्षेत्रमा प्रदेश र संघिय सरकारको खासै ध्यान नगएको गुनासो गरेका थिए । पोखरा महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालयबाट २० प्रतिशतको जनश्रमदान बाहेक ७ लाख ५० हजारको लागतमा ९५ मिटर स्याप सहित दोहोरो नाला निर्माण कार्यको जिम्मा लिएका लाल बहादुर लामाले आफुले काम गर्दै जादा ठुलो बर्षाद भएर घरहरु चकीैन पुगेको बताउनु भयो । बर्षादले गर्दा घर चर्कीयसंगै पाण्डे र पुन परिवार विगत चार दिन देखि राम्रोसंग घरमा बस्न समेन नपाएको गुनासो गरेका छन्।

Facebook Comments Box