पूर्व मन्त्री महेश बस्नेतलाई कानूनी कारवाहीको माग

नेपाल प्रेस युनियनले पूर्व मन्त्री तथा नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न सञ्चारमाध्यमका सम्पादकलाई धम्की दिएको बिषयलाई लिएर गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति जारी गरेको छ ।

‘प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिँडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली सञ्चारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ (‘नेपाली सञ्चारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसालझै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ ।’

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पूर्व मन्त्री बस्नेतलाई कानूनी कारवाहीको माग गरेका छन् ।

कान्तिपुर दैनिकका सुधिर शर्मा, रातोपाटी डटकमका सम्पादक ओम शर्मा र ईकागज डटकमका हरिबहादुर थापालाई बस्नेतले सार्वजनिक कार्यक्रममा धम्क्याएको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments