पानी पँधेरो ट्रेड प्रा.लि.ले पुरस्कृतहरुको नाम सार्वजनिक

पोखरा, प्रत्येकक्षण केही नयाँ गरि ग्राहकको मन जित्ने अपेक्षा लिई दशै तिहार बम्पर पुरस्कार घोषणा गरेको पानी पँधेरो ट्रेड प्रा.लि.ले पुरस्कृतहरुको नाम सार्वजनिक शुक्रबार गरेको छ ।
घोषणा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बरालले नाफा मात्र नहेरेर सेवाको हिसाबले पानी पँधेरोले गर्ने विश्वास व्यक्त गर्दै यहाँका जनताले रोजगार पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले निरन्तरता र प्रगतीको कामना व्यक्त गर्नु भयो ।
अध्यक्ष कुलदिप भट्टराईले पुरस्कृतहरुलाई बधाई दिदै अझै माया ममता पाईरहे पुरस्कार योजनाहरु ल्याईरहने बताउनु भयो । माघ २२ गते पुस्कार वितरण गर्ने योजना बन्दका कारण प्रभावित भएकोमा सम्पुणर् ग्राहकसँग माफि पनि माग्नु भयो ।
उक्त कार्यक्रममा त्रिकोण कृषि सहकारीका अध्यक्ष लोकेन्द्र अर्याल, शिवालय आमा समुहका अध्यक्ष मेनका भुर्तेल लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा डाबर नेपालका गण्डकी ईन्चार्ज हरिकृष्ण दुवाडीले पुरस्कृतहरुलाई र कार्यक्रमका अतिथिहरु र सहभागी सबैलाई जुस बितरण गर्नु भएको थियो ।


मेनेजर दिविन भट्टराईले बताउदै उक्त उपहारले ग्राहकमा उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा राख्नुभयो । उहाँले प्रथम यामाहा स्कुटर, दोस्रो माउण्टेन साईकल, तेस्रो वासि¨ मेसिन, चौथो माइक्रोओभन र अन्य सान्तवना पुरस्कार रहेकोे बताउदै आफ्नो अर्धकट्टी लिएर आएर पुरस्कार दाबि गर्न सक्ने जानकारी दिनु भयो । उहाँले गिफ्टमा १५%, भाडामा १० % कपडामा ५—२५ % र अन्य सामनमा ६—२० % छुट भएको बताउदै अहिले सम्म ४० हजार कुपन बितरण गरिएकोमा २२ जनाले पुरस्कार पाएको जानकारी दिनुभयो ।
कुलदिप भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सुर्य कुमार श्रेष्ठले स्वागत तथा सचिव कमल प्रसादले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box