पानी पँधेरोमा धुर्मुस सुन्तली आउने

पोखरा, प्रत्येकक्षण केही नयाँ गरि ग्राहकको मन जित्ने अपेक्षा लिई दशै तिहार बम्पर पुरस्कार घोषणा गरेको पानी पँधेरो ट्रेड प्रा.लि.का अध्यक्ष कुलदिप भट्टराईले यहि माघ २२ गते पुस्कार वितरण गर्ने जानकारी पत्रकार सम्मेलन मार्फत दिनुभयो ।
उक्त पुरस्कार कलाकार एवं समाजसेबीद्धय सिताराम कट्टेल र कुञ्जना धिमिरे मार्फत वितरण गरिने मेनेजर दिविन भट्टराईले बताउदै उक्त उपहारले ग्राहकमा उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।


बगरबाट सुरु भएको पानी पँधेरो अहिले भिमाद समेत गरि छ वटा शाखा बिस्तार भैसकेको जानकारी दिदै कार्यक्रम संयोजक सुर्य कुमार श्रेष्ठले ग्राहकको माया ममता निरन्तर रहिरहे अझै शाखा बिस्तार गर्ने बताउनु भयो ।
सय जनालाई रोजगारी दिईएको र युवाहरुको बैदेशिक रोजगार कम गर्ने योजनाले नै पानी पँधेरोको स्थापना भएको बरिष्ठ उपाध्यक्ष किशोर सुबेदिले बताउनु भयो ।
बैदेशिक रोजगारीबाट फकिए पछि नेपालमा नै केहि गर्न सकिन्छ भनेर देखाउन पानी पँधेरोको स्थापना भएको बताउदै प्रबन्ध निर्देशक खेम तिमील्सेनाले यसलाई ब्राण्ड बनाएर अधिबढ्ने नगेन न्यूज डटकमलाई बताउनु भयो ।
स्थानिय उत्पादनलाई प्रोत्साहन गर्न भिमादमा उत्पादन भएका थान भट्ट, बोडि, पिडालु लगायतका सामान बिक्री वितरण भईरहेको अध्यक्ष भट्टराईले बताउनु भयो । उहाँले १८ जनाले १० करोड लगानी गरेर व्यवसाय सुरु गरेको बताउनु भयो ।
प्रथम यामाहा स्कुटर, दोस्रो माउण्टेन साईकल, तेस्रो वासि¨ मेसिन, चौथो माइक्रोओभन र अन्य सान्तवना पुरस्कार रहेको मेनेजर दिविनले जानकारी दिनुभयो । उहाँले गिफ्टमा १५%, भाडामा १०% कपडामा ५—२५% र अन्य सामनमा ६—२०% छुट भएको बताउदै अहिले सम्म ४० हजार कुपन बितरण भएको नगेन न्यूज डटकमलाई जानकारी दिनुभयो ।

Facebook Comments Box